टर्कीमा रहेका सिरियाली शरणार्थीहरूमा स्वदेश फिर्तीबारे अन्योल
एजेन्सी । सिरियामा बसर अल–असादको शासन अन्त्य भएको झन्डै दुई वर्ष बितिसक्दा पनि टर्कीमा आश्रय लिइरहेका लाखौँ सिरियालीहरू स्वदेश फर्किने वा टर्कीमै आफ्नो जीवन अघि बढाउने भन्ने विषयमा अन्योलमा देखिएका छन् । टर्कीको अध्यागमन अधिकारीहरूकाअनुसार डिसेम्बर २०२४ मा असाद सरकारको पतन भएयता करिव ७ लाख सिरियालीहरू स्वेच्छाले घर फर्किएका छन् ।
