दार्चुला जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु
दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा आज बिहान भएको जिप दुर्घटनामा गम्भीर घाइते भएकी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार, दुर्घटना नौगाड गाउँपालिका–४ होपरीमा भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी नौगाड–४ की २५ वर्षीया गर्भवती महिला पार्वती टमटाको मृत्यु भएको हो ।
