SHARE
लोक पथ · बिहीबार ५ भौ २०८२ ०९:५१ AM · 1 मिनेट पढाइ

संसदमा गगनको गर्जन : भारत र चीनको व्यवहारप्रति आक्रोश, रविमाथि घोचपेच [भिडियोसहित]

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई थाहै नदिइ दुई छिमेकी राष्ट्रहरुले नेपाली भूमी प्रयोग गरेर व्यापार अघि बढाउन लागेको विषयमा आपत्ति जनाएका छन् । पूर्वमन्त्री समेत रहेका थापाले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयलाई घरेलु राजनीतिको विषय बनाउन नहुने बताए ।