कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
कैलाली । कैलाली प्रहरीले जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका–८ मसुरिया बजारस्थित ‘चाईनिज कर्नर सेन्टर’मा बुधबार राति छापा मार्दा सोही नगरपालिका–७ का ३० वर्षीय टेक मन्नीसहित आठ जनालाई पक्राउ गरिएको हो । सो कर्नर सेन्टर टेक मन्नीले संचालन गर्दै आएका थिए ।
