मदन भण्डारी फाउन्डेसन ओलीको वैचारिक संघर्षसँगै जन्मिएको हो : ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारी फाउन्डेसन प्रधानमन्त्री केपी शर्मा ओलीको वैचारिक संघर्षसँगै जन्मिएको बताएका छन् । फाउन्डेसनको सम्पर्क कार्यालय उद्घाटन समारोहमा बोल्दै पोखरेलले ओलीको सान्निध्य पाएर फाउन्डेसन अघि बढेको स्मरण गरे । उनले फाउन्डेसन पार्टीको वैचारिक यात्रामा सधैँ महत्त्वपूर्ण ढंगले जोडिएको स्पष्ट पारे ।
