SHARE
लोक पथ · बिहीबार ५ भौ २०८२ १०:१४ AM · 1 मिनेट पढाइ

विद्यादेवीले उद्घाटन गरिन् सम्पर्क कार्यालय, ईश्वर पोखरेलसहित कोको पुगे ? [तस्बिरसहित]

काठमाडौं । नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आफ्नो सम्पर्क कार्यालय खोलेकी छन् । शुक्रबार दिउँसो पूर्वराष्ट्रपति समेत रहेकी भण्डारीले नयाँ बानेश्वरका थापागाउँस्थित भाडामा लिइएको घरमा सम्पर्क कार्यालयको उद्घाटन गरेकी हु्न् । तर भण्डारीको सचिवालयले भने मदन भण्डारीको ७५औँ जन्मजयन्तीको सञ्चालन तथा व्यवस्थापन मूल समारोह समितिको कार्यालय भनेको छ ।