समितिबाट शिक्षा विधेयक पारित, तीन दलको असहमति
काठमाडौं । विद्यालय शिक्षा विधेयक समितिबाट पारित भएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पारित गरेको हो । विधेयकको प्रमुख विषयमा लामो समयदेखि छलफल भए पनि समिति बैठकले अन्ततः प्रस्तावित व्यवस्थालाई अनुमोदन गरेको जनाएको छ ।
