ठूला दलहरूले नै संविधानमाथि प्रश्न उठाए, संशोधनको कुरा गर्छन् छलफल छैन : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलभित्र विकृति र विसंगति मौलाउँदै गएको आरोप लगाएकी छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलहरूले देखिएका विकृति समाधान गर्न नसकेको बताइन् । भण्डारीले सुशासन प्रवर्द्धन गर्न सरकारले भूमिका निर्वाह गर्न नसकेको उल्लेख गर्दै अहिलेको संसदीय प्रणाली कमजोर बन्दै गएको प्रष्ट पारिन् ।
