SHARE
लोक पथ · बिहीबार ५ भौ २०८२ १०:४० AM · 1 मिनेट पढाइ

ओलीलाई धक्का : ईश्वर पोखरेलपछि दुई उपाध्यक्षले पनि दिए विद्यालाई साथ

काठमाडौं । नेकपा एमालेभित्रको आन्तरिक राजनीति ध्रुविकरणको बाटोमा गएको छ । पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी एमाले राजनीतिमा सक्रिय बनेसँगै संस्थापनसँग असन्तुष्ट बनेकाहरु आश्रयको रुपमा विद्या लाइनमा खुल्न थालेका हुन् । गत असार १४ गते आफू सक्रिय राजनीतिमा आउने भण्डारीले घोषणा गरेकी थिइन् । त्यसबेला अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट नेताहरु कोही खुलेका थिएनन् ।