एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली अस्पतालमा २० प्रतिशत छुट
कैलाली । एनआईसी एशिया बैंक र कैलाली हस्पिटल प्रालिबिच स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ। सम्झौताअनुसार, बैंकका ग्राहकहरूले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा स्वास्थ्य उपचारका लागि डिजिटल भुक्तानी गर्दा अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउनेछन् ।
