अरनिको राजमार्ग सञ्चालनमा
काठमाडौं। पहिरोका कारण केही समय अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड अब सञ्चालनमा आएको छ । नेपाल र चीन जोड्ने तातोपानी नाका नजिकको उक्त खण्डमा पहिरो जाँदा यात्रा प्रभावित भएको थियो । सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार, सो स्थानमा नयाँ डिजाइनअनुसार काम गर्नुपर्ने भएकाले हाल पानी तथा पहिरो नियन्त्रणको काम जारी छ ।
