मधेश प्रदेशमा शैक्षिक आपतकाल घोषणा गर्न खुश्बु ओलीको ७ बुँदे माग
काठमाडौं । राप्रपा नेतृ खुश्बु ओलीले मधेश प्रदेशमा शैक्षिक आपतकाल घोषणा गरी विशेष नीति र बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गरेकी छन् । बिहीबार उनले मधेशका मुख्यमन्त्री शतिसकुमार सिंहलाई सात बुँदे ध्यानाकर्षण बुझाउँदै प्रदेशको एसईई नतिजा निराशाजनक भएको भन्दै सुझाव पेश गरेकी हुन् ।
