कोरिया पठाइदिन्छु भन्दै १ करोड ठगी गर्ने महिला पक्राउ
काठमाडौं । कोरिया पठाइदिन्छु भनी ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१, नक्साल बस्ने ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका–१ की ३८ वर्षीया साहारा सुव्वालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई ललितपुर महानगरपालिका–२, हरिसिद्धिबाट पक्राउ गरेको हो ।
