SHARE
लोक पथ · बिहीबार ५ भौ २०८२ १२:५६ PM · 1 मिनेट पढाइ

डेंगु नियन्त्रणमा महानगरको ‘मेगा अभियान’, शुक्रबार कर्मचारी सडकमा आउने’

काठमाडौं । वर्षायाममा डेंगु रोगको जोखिम बढ्न सक्ने भएकाले काठमाडौं महानगरपालिकाले एक दिने विशेष ‘मेगा अभियान’ सञ्चालन गर्न लागेको छ। महानगरपालिकाले शुक्रबार आयोजना गर्न लागेको ‘वाल्क एण्ड एक्ट (खोज र नष्ट गर)’ अभियानमा महानगरपालिका अन्तर्गतका सबै विभाग, इकाई, सचिवालय र आयोजनाका कर्मचारीहरू सहभागी हुनेछन्।