SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०२:०२ PM · 1 मिनेट पढाइ

७ विश्वविद्यालयमा उपकुलपति नियुक्त, कुनमा कस्लाई जिम्मा ?

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विभिन्न ७ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । कुलपति समेत रहेका शाहले शुक्रबार देशभरीका विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका हुन्, जसमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापालाई नियुक्त गरिएको छ । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका थापा त्रिविको उपकुलपतिमा नियुक्त भएका हुन् ।