SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

दाङमा विपद्जन्य घटनामा एक वर्षमा ६८ जनाको मृत्यु

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा विभिन्न विपद्जन्य घटनामा परी ६८ जनाले ज्यान गुमाएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति दाङका संयोजक तथा प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले पानीमा डुबेर ४३, करेन्ट लागेर १२, सर्पदंशबाट सात जना, चट्याङबाट चार र आगलागी बाट १३ जनाको मृत्यु भएको जानकारी दिए ।