फिफा विश्वकप : स्विट्जरल्यान्ड अन्तिम १६ मा प्रवेश, अल्जेरियालाई २-० गोलले पराजित
काठमाण्डु – फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत शुक्रबारको खेलमा अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डले जित निकालेको छ। आफ्नो सुरुवाती अग्रतालाई कायम राख्दै अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डले २–० गोल अन्तरले जित निकालेको हो। यो जित सँगै स्विट्जरल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको छ। खेलको ४०औं मिनेटमा डान एनडोयेले गोल गर्दै स्विट्जरल्यान्डको सुरुवाती अग्रतालाई कायमै गरेका थिए।
