औषधि आपूर्ति शृङ्खलामा सुधारका लागि विभागको ६ बुँदे निर्देशन
काठमाडौं । औषधि व्यवस्था विभागले मुलुकको औषधि आपूर्ति शृङ्खलालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ६ बुँदे निर्देशन जारी गरेको छ । विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले स्वदेशी औषधि उत्पादक, पैठारीकर्ता, थोक तथा खुद्रा बिक्रेतालाई लक्षित गर्दै औषधि आपूर्ति प्रणालीमा सुधार ल्याउन उक्त निर्देशन जारी गरिएको जानकारी दिइन् ।
