व्यक्तिगत कारणले राजीनामा दिएँ : गौरीकुमारी यादव
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ समक्ष राजीनामा बुझाएकी छन् । चौतर्फी ग्यासको हाहाकार भएका बेला जनताको गुनासो उचित सम्बोधन गर्न नसकेपछि मन्त्री यादवले बिहीबार राजीनामा बुझाइन् । यादवले व्यक्तिगत कारणले राजीनामा बुझाएको उनको सचिवालयको दाबी रहेको छ ।
