SHARE
लोक पथ · बिहीबार २५ भौ २०८३ ०८:०८ AM · 1 मिनेट पढाइ

‘उद्योगीलाई पाता फर्काउने’ धम्की दिएकी उद्योगमन्त्री आफैँले दिइन् राजीनामा

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमार यादवले राजीनामा दिएकी छन् । मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ । ‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवज्यूले आज प्रधानमन्त्री बालेन शाह ज्यु समक्ष राजिनामा बुझाउनु बुझाउनु भएको छ,’ यादवको सचिवालयले भनेको छ ।