SHARE
लोक पथ · बिहीबार २५ भौ २०८३ ०७:०६ AM · 1 मिनेट पढाइ

अगस्टमा अहिलेसम्मकै उच्च तापक्रम, पछिल्लो एक लाख वर्षमा अहिले जस्तो उच्च तापक्रम नदेखेको दाबी

पेरिस । युरोपेली संघ (इयु) को जलवायु अनुगमन सेवा कोपर्निकसले गत अगस्टलाई विश्वभर रेकर्ड गरिएको सबैभन्दा तातो महिना भएको जनाएको छ । सो अवधिमा समुद्री सतहको तापक्रमसमेत अभूतपूर्व उचाइमा पुगेको र पश्चिमी युरोपले असाधारण गर्मीको सामना गरेको छ । कोपर्निकसका अनुसार अगस्टमा विश्वको औसत हावाको तापक्रम १६.९६ डिग्री सेल्सियस पुगेको थियो ।