बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा.योगेन्द्रप्रसाद सिंह नियुक्त
काठमाडौं । सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक डा.योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ । नियुक्तिपछि डा. सिंहले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथसँगै उनले अस्पतालको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन् ।
