नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँबराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज शुक्रबार सूचना जारी गर्दै अनलाइन बोलकबोल प्रणालीमार्फत आज दिउँसो ३ः०० बजेसम्म बोलकबोल गरी ऋणपत्र जारी गरिने जनाएको हो । बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा ऋणपत्र निष्कासन गरिने छ ।
