मेलम्चीको मुहानमा बाढी पस्दा आपूर्ति बन्द
काठमाण्डु – मेलम्ची खानेपानीको मुहानमा बाढी पसेपछि पानी आपूर्ति बन्द भएको छ । मेलम्ची खानेपानीको आयोजनाको मुहानमा धमिलो पानी पसेपछि प्रशोधन प्रक्रिया जटिल हुँदा मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको काठमाण्डु उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता वीरबहादुर चन्दले जानकारी दिए ।
