SHARE
लोक पथ · शुक्रबार​ १९ असार २०८३ ०३:३१ AM · 1 मिनेट पढाइ

राष्ट्रियसभा बैठक आज दिउँसो बस्दै, विभिन्न मन्त्रालयको बजेट शीर्षकमा छलफल हुने

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । दिउँसो १स्१५ बजे बस्ने बैठकमा पहिलो चरणमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कंडेलले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सम्बन्धी प्रतिनिधि सभाबाट आएका सन्देशहरू सभामा प्रस्तुत गर्नेछन् । त्यसपछि ‘विनियोजन विधेयक, २०८३’ अन्तर्गत विभिन्न मन्त्रालयहरूको बजेट शीर्षकमा समूहगत छलफल हुनेछ ।