SHARE
लोक पथ · शुक्रबार​ १९ असार २०८३ ०३:५२ AM · 1 मिनेट पढाइ

मेलम्चीको मुहानमा बाढी : काठमाडौंमा खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानीको आपूर्ति आजदेखि अस्थायी रूपमा रोकिएको छ । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेपछि उपत्यकामा वितरण भइरहेको पानी रोकिएको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार वर्षाका कारण मुहानको पानीको गुणस्तर बिग्रिएको छ । पानी सफा भएपछि मात्रै प्रशोधन गरेर पुरानै तालिकाअनुसार आपूर्ति फेरि सुरु गरिनेछ ।