नेपाल टेलिकमका सेवाहरू अब घरमै, सिमकार्ड र सामग्री हुलाकमार्फत डेलिभरी हुने
काठमाडौं । अब नेपाल टेलिकमका ग्राहकले सिमकार्ड लगायतका आवश्यक सामग्री घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन् । नेपाल टेलिकम र हुलाक सेवा विभागबीच भएको सम्झौतापछि साउन १ गतेदेखि यो सेवा सुरु हुनेछ । यसअन्तर्गत सिमकार्ड, आवश्यक कागजात, चिठीपत्र तथा दूरसञ्चार सेवामा प्रयोग हुने स्पेयर पार्ट्स हुलाकमार्फत ग्राहकसम्म पुर्याइनेछ ।
