कर्णाली दुर्घटना अपडेट : आज बिहानैदेखि बेपत्ताहरुको खोजीकार्य सुरु
सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेख सडकखण्डमा बिहीबार बिहान दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी हालसम्म फेला परेको छैन । सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतबाट परिचालित ६ सदस्यीय गोताखोर टोलीले बिहीबार दिनभर खोज तथा उद्धार कार्य सञ्चालन गरे पनि गाडी भेट्टाउन सफल हुन सकेन ।
