आज कांग्रेस संस्थापन इतर समूहको बैठक बस्दै, रणनीति र समसामयिक विषयमा छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो समूहको बैठक बोलाएका छन् । बैठक आज दिउँसो २ बजे गल्फुटारस्थित उनको निवासमा बस्ने तय भएको छ । पार्टीभित्र आन्तरिक छलफल र गतिविधि पछिल्ला दिनमा तीव्र बनेसँगै नेताहरूले आ-आफ्ना समूहगत बैठक तथा रणनीतिक छलफललाई निरन्तरता दिएका छन् ।
