खड्काको नेतृत्वमा कांग्रेस इतर समूहको बैठक बस्दै
काठमाण्डु – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले शुक्रबार इतर समूहको बैठक बोलाएका छन् । निवर्तमान कार्यवाहक सभापति समेत रहेका खड्काले दिउँसो २ बजे गल्फुटारस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन् । बैठकमा इतर पक्षको राष्ट्रिय भेलाको मितिबारे छलफल हुने बताइएको छ । यसअघि इतर पक्षले सात वटै प्रदेशमा प्रदेश स्तरीय भेला गरिसकेको छ ।
