क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश
काठमाडौं । पोर्चुगलले फिफा विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । भर्खरै सम्पन्न खेलमा क्रोएसियालाई २–१ गोलले पराजित गर्दै पोर्चुगलले प्रि–क्वाटरफाइनल यात्रा तय गरेको हो । पहिलो हाफ दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५३औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए ।
