SHARE
लोक पथ · शुक्रबार​ १९ असार २०८३ ०१:४२ AM · 1 मिनेट पढाइ

आज र भोलि मनसुनी गतिविधि बढ्ने, देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज (शुक्रबार) र भोलि (शनिबार) पनि अधिकांश स्थानमा वर्षा जारी रहने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार शुक्रबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।