राजनीतिक दलहरूभित्र विकृति, विसंगति फस्टायो : विद्यादेवी भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूभित्र विकृति, विसंगति फस्टाएको बताएकी छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले राजनीतिमा रहेको विकृतिलाई समाधान गर्न राजनीतिक दलहरूले नसकेको बताइन् । उनले सरकारले सुशासन प्रवर्द्धन गर्न नसकेको बताउँदै राजनीतिक दल अहिलेको प्रणालीअनुसार अघि बढ्न नसकेको बताइन् ।
