SHARE
पर्दाफास · बिहीबार ५ भौ २०८२ १२:५२ PM · 1 मिनेट पढाइ

विद्यादेवी भण्डारीको टिप्पणी- खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको छ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्रको अवस्था नाजुक रहेको बताएकी छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको उनको टिप्पणी छ । आयातमा आधारित भन्सारमा अर्थतन्त्र चलिरहेको जिकिर गरिन् । उनले व्यापार घाटा भइरहेको, वैदेशिक ऋण बढिरहेको, दलाल पुँजी फस्टाइरहेको बताइन् ।