विद्या भण्डारीको दाबी- ‘म राजनीतिमा आबद्ध हुँदा एमाले जन्मिएकै थिएन’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको बताएकी छिन् । बिहीबार काठमाडौँको थापाथलीमा सम्पर्क कार्यालय उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । ‘मैले सबै कुरा नजिकबाट हेरिरहेको छु ।
