SHARE
पर्दाफास · बिहीबार ५ भौ २०८२ ०३:०५ PM · 1 मिनेट पढाइ

एम्बुलेन्स सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गरे । एम्बुलेन्स सेवालाई थप व्यवस्थित, एकीकृत र पहुँचयोग्य बनाउन निर्देशिका जारी गरिएको जानकारी दिए ।