SHARE
लोक पथ · बिहीबार १८ असार २०८३ ०१:१९ PM · 1 मिनेट पढाइ

२५ करोडको अवैध डलर तस्करीका फरार थुनुवा कुसाङ लामा पुनः पक्राउ

काठमाडौं । विदेशी मुद्राको अवैध तस्करी र राजश्व छली सम्बन्धी मुद्दाका फरार थुनुवा ‘फुच्चे’ भन्ने कुसाङ लामालाई प्रहरीले पुनः पक्राउ गरेको छ । २५ करोडभन्दा बढी रकमको अवैध विदेशी विनिमय मुद्रासहित पक्राउ परेका उनी जेलमा रहेकै समयमा जेन जी आन्दोलनका क्रममा फरार भएका थिए ।