SHARE
लोक पथ · बिहीबार १८ असार २०८३ ०१:३७ PM · 1 मिनेट पढाइ

विष्णु पौडेललाई थुनामुक्त गर्न अस्वीकार, बन्दीप्रत्येक्षीकरणको रिट खारेज

काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरी अनुसन्धानको दायरामा रहेका पूर्वअर्थमन्त्री विष्णु पौडेल थुनामै रहने भएका छन् । एमालेका उपाध्यक्ष समेत रहेका पौडेललाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै परेको रिट सर्वोच्चले खारेज गरिदिएको हो । पौडेललाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनकी श्रीमती दोमाया पौडेलले थुनामुक्त गर्न माग गर्दैै बन्दीप्रत्येक्षीकरणको रिट दायर गरेकी थिइन् ।