SHARE
लोक पथ · बिहीबार १८ असार २०८३ ०२:१३ PM · 1 मिनेट पढाइ

बर्दियाबाट सुरु भयो भूमिहीनलाई लालपुर्जा वितरण अभियान

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयले आजदेखि बर्दियाबाट जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुमवासी परिवारलाई लालपुर्जा उपलब्ध गराइएको हो ।