प्रहरीका ८ एआईजीको कहाँ–कहाँ सरुवा ?
काठमाण्डु – नेपाल प्रहरीका ८ अतिरिक्त महानिरीक्षक (एआईजी) एकैसाथ नयाँ जिम्मेवारीमा खटाइएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जनपदतर्फ सबै एआईजीको एकसाथ सरुवा गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख डा. मनोज केसीलाई सरुवा गर्दै एआईजी उमाप्रसाद चतुर्वेदीलाई खटाइएको छ ।
