SHARE
लोक पथ · बिहीबार १८ असार २०८३ १२:३३ PM · 1 मिनेट पढाइ

इन्धनको मूल्य घटेसँगै २ प्रतिशतले घट्यो अन्तरप्रदेश चल्ने सवारीको भाडा

काठमाडौं । इन्धनको मूल्य घटेसँगै सरकारले अन्तरप्रदेश चल्ने सवारी साधनको भाडा समायोजन गरेको छ । यातायात व्यवस्था विभागले एक प्रदेशबाट अर्को प्रदेशमा जाने सवारीसाधनको भाडामा २ प्रतिशतले घटाएको हो । विभागले यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २ प्रतिशतले घटाएको हो ।