SHARE
लोक पथ · बिहीबार १८ असार २०८३ १२:४४ PM · 1 मिनेट पढाइ

भारत सरकारको आर्थिक सहयोगमा झापामा विद्यालय भवन बन्दै

काठमाडौं । मित्र राष्ट्र भारत सरकारको ३ करोड आर्थिक सहयोगमा झापामा विद्यालय बन्ने भएको छ । झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जनआदर्श माध्यमिक विद्यालयको भवन शिलान्यास भएको छ । कोशी प्रदेशका सांसद राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ्ग थोप्रा र काठमाडौंस्थित भारतीय दूतावासका द्वित्तीय सचिव गरिमा नौटिलायद्वारा संयुक्त रुपमा विद्यालय भवनको शिलान्यास गरिएको हो ।