कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान २.६५ प्रतिशत, घुमघाम गर्नेमा जेनजी बढी
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१–८२’ सार्वजनिक गरेको छ । नेपालमा आन्तरिक पर्यटनको अवस्था, खर्चको ढाँचा र अर्थतन्त्रमा यस क्षेत्रको योगदान मापन गर्ने उद्देश्यले पहिलो पटक राष्ट्रिय स्तरमा यो विस्तृत सर्वेक्षण गरिएको हो । पर्यटन स्याटलाइट लेखाको अन्तर्राष्ट्रिय अवधारणामा आधारित यस सर्वेक्षणले आन्तरिक तथा बाह्य (आउटबाउन्ड) पर्यटनका विविध पक्षहरूलाई समेटेको छ ।
