SHARE
लोक पथ · बिहीबार १८ असार २०८३ १२:०६ PM · 1 मिनेट पढाइ

बुद्धले घटायो हवाई टिकटको भाडा, धनगढीको भाडा १,५६५ ले सस्तियो

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै बुद्ध एयरले पनि आफ्नो फ्युल सरचार्जको शुल्क करिब १५ प्रतिशतले घटाएको छ । इन्धनको मूल्य सस्तिएसँगै आन्तरिक हवाई भाडा समायोजन हुँदा यात्रुहरूलाई केही राहत मिलेको छ । बुद्ध एयरले इन्धन बढी खर्च हुने काठमाडौं–धनगढी रुटको भाडामा १ हजार ५६५ रुपैयाँले सस्ताएको छ ।