अख्तियारका डिआईजीदेखि प्रहरीको पुरै ‘सेट’ फेर्ने तयारी
काठमाण्डु– सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालस्थित प्रहरी इकाईको पुरै ‘सेट’ परिवर्तन गर्ने भएको छ । गृह मन्त्रालयले अख्तियारमा कार्यरत प्रमुखसहित अधिकृत स्तरका सबै प्रहरी कर्मचारीको एकैपटक सरुवा गरी नयाँलाई पठाउन लागेको हो । अख्तियारमा प्रहरी नायब महानिरीक्षक (डिआईजी) को नेतृत्वमा प्रहरी युनिट कार्यरत छ । हाल अख्तियारको डिआईजीमा शेखर खनाल छन् ।
