SHARE
लोक पथ · बिहीबार १८ असार २०८३ १०:१५ AM · 1 मिनेट पढाइ

शेयर बजारमा आज पनि सुधार देखियो

काठमाडौं । निरन्तर ओरालो लागी बुधबार सुधार देखिएको शेयर बजार आज पनि सुधार देखिएको छ । अघिल्लो कारोबार दिन ४४ अंकले बढेको शेयर बजार आज ८ दशमलव ७८ अंकले वृद्धि भएको हो । योसँगै बजार बिन्दु बढेर २ हजार ६ सय ६१ पुगेको छ ।