SHARE
लोक पथ · बिहीबार १८ असार २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

गोरखापत्र संस्थानको महाप्रबन्धकमा रावल र सुरक्षण मुद्रण कोषमा ढुंगाना

काठमाडौं । सरकारको संरक्षणमा रहेको पत्रिका गोरखापत्रको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले रावललाई गोरखापत्रको महाप्रबन्धकको जिम्मेवारी दिएको हो । बैठकपछि बोल्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सो विषयमा जानकारी दिए । ‘गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा श्री हिक्मत बहादुर रावल (कैलाली) लाई नियुक्ति गर्ने,’ उनले भने ।