मन्त्री चौधरीसँग थाइल्याण्डमा बसोबास गर्ने नेपालीको भेटवार्ता
काठमाण्डु– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग थाइल्याण्डमा बसोबास गर्ने नेपालीले भेटवार्ता गरेका छन् । थाइल्याण्डस्थित नेपाली राजदूतावासमा मन्त्री चौधरीसँग आज उक्त भेटवार्ता भएको हो । कृषि, वनलगायत क्षेत्रको विकासमा गर्न सकिने सहकार्यका विषयमा नेपाली समुदायसँग छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।
