सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित
काठमाडौं । सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।सभाको बिहीबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रश्तुत गरेका थिए ।
