सार्वजनिक यातायातको भाडा घटाउन संसद्मा माग
काठमाण्डु– राष्ट्रियसभाका सदस्यहरुले सार्वजनिक यातायातको भाडा समायोजन, विपद् पूर्वतयारी, सडक सुरक्षा र कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका कृष्णबहादुर रोकायाले पेट्रोलिमय पदार्थको मूल्य घटेको अवस्थामा तत्काल सार्वजनिक सवारीसाधन र हवाई यातायातको भाडा समायोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।
